१६ असोज चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् ।विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् । यसअघि विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरेका थिए ।
Comments
Post a Comment