डडेल्धुरामा म्याद सकिएका पेय-पदार्थ फेला

१६ असोज, डडेल्धुरा । संयुक्त बजार अनुगमन टोलीले मंगलबार डडेल्धुरामा बजार अनुगमन गरेको छ ।

जिल्लाको सरमुकाम क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी र प्रशासन कार्यालयकै नायव सुब्बा धनबहादुर खडायतको नेतृत्वमा घरेलु, जिल्ला स्वास्थ्य, जिल्ला पशु सेवा र कृषि विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिको टोलीले बजार अनुगमन गरेको हो ।

Comments