विद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास !

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षकको मिलेमतोमा प्रश्नपत्र ‘लिक’ हुने गरेको खुलासा भएको छ ।

गत ११ असोजमा त्रिवि अन्तरगतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी–सीएसआईटी) विषयको प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गराउन शिक्षक र विद्यार्थी नेता नै सक्रिय भएको पाइएको हो ।

Comments