कृषि विश्वविद्यालयमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी विषयमा पढाइ हुने



१६, असोज, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको अध्यापन सुरु गर्ने भएको छ ।

विश्वविद्यालयको मंगलवार बसेको आठौं प्राज्ञिक परिषद्को बैंठकले यसै बर्षबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पाठ्यक्रम पास गरेको छ ।

Comments