धमलाको आक्रोश-‘वितरकले ‘अनुराग’माथि राजनीति गरे’

चलचित्र निर्माणमा होमिएका पत्रकार ऋषि धमलाले आफूहरुलाई वितरकले धोका दिएको बताएका छन् । उनले चलचित्र ‘अनुराग’ चलाउँछु भनेर वितरकले नचलाएको, हल कम दिएको भन्दै आक्रोश पोखेका छन् ।

उनले चलचित्र रिलिज सकिएपछि यो बिषयमा आफूले मुख खोल्ने पनि बताए । धमलाले भने-‘हाम्रो चलचित्रको डिमाण्ड देशभर छ । तर, हल कम भएर दर्शकले हेर्न पाउनु भएको छैन । वितरकले हाम्रो चलचित्र रिलिज हुँदा अरु चलचित्र रिलिज हुँदैन भन्नुभएको थियो । तर, ४-५ वटा चलचित्र रिलिज भए । चलचित्र क्षेत्रमा वितरकको राजनीतिक खुबै रहेछ । अब म यो विरुद्ध लड्छु ।’

Comments