
१६ असोज, पोखरा । चीनस्थित हाइनान प्रान्तको विकास र मुख्य आर्थिक क्षेत्रलाई नियालेर फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘विकास गर्ने त आफैंले रहेछ ।’
मंगलबार पोखरा आइपुगेका गुरुङले आफैंले नगर्दासम्म केही नहुने बुझेको बताए । ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको पाइएको भन्दै उनले भने, ‘१९८८ मा प्रान्त बनेको हाइनान हाम्रो कणर्ालीजस्तै रहेछ । ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको छ, विकास गर्ने त आफैं रहेछ ।’
Comments
Post a Comment