१६ असोज, हेटौंडा । प्रदेश- ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिलाई ठेकदारको रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् ।हेटौंडा आएका प्रदेशका १३ जिल्लाका जनप्रतिनिधिलाई मुख्यमन्त्री पौडेलले जनताको सेवामा लाग्न निर्देशन दिदै उनले भने, ‘हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ ।’
Comments
Post a Comment