
गुल्मी घर भएकी १७ वर्षीया एक युवती ९ दिनदेखि बेपत्ता भएकी छन् ।
गुल्मी जिल्लाको साविक पुर्कोट दह हाल मदाने गाउँपालिका-६ नुहारा घर भइ सुपादेउराली एग्रो फरेस्टी गोरुसिङे कपिलवस्तुमा बजार प्रतिनिधिका रुपमा कार्यरत चिना कुँवर भदौ २० गतेदेखि हराएकी हुन् ।चिनाका काका विमल कंँवरका अनुसार नगद २ लाख रुपैयाँ र पौने एक तोला सुनसहित उनी बेपत्ता भएकी हुन् ।
युवती वेपत्ता भएसँगै परिवार चिन्तित भएका छन् । अनमी पढ्न पैसा चाहिएको छ भनेर मागेपछि कतारमा रोजगारी गर्ने बुबाले एक लाख ५० हजार पठाइदिएका र मामासँग थप ५० हजार गरी २ लाख रुपैयाँ र पौने एक तोलाको सुनको सिक्रीसहित चिना बुटवलबाट वेपत्ता भएको काका विमलले जानकारी दिए ।
चिना वेपत्ता भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय गोरुसिङेमा जाहेरी दिए पनि हालसम्म कुनै जानकारी नआएको विमलले बताए । ‘छोरीको लास वा सास त थाहा पाउनु पर्यो,’ बिमलले बुटवलमा पत्रकारहरुसँग भने, ‘प्रहरीले खोजविनमा तदारुकता देखाएन कि भन्ने हाम्रो गुनासो छ ।’
गुल्मीको मदाने गाउँपालिका-६ स्थित पृथ्वी माबिबाट ११ कक्षाको परीक्षा दिएपछि चिना विगत ६ महिनादेखि रोजगारी गर्न थालेकी थिइन् ।
घरमा आमा, एक दाजु र एक विवाहित दिदी रहेकी चिना किन र कसरी वेपत्ता भइन् भन्ने कारण नखुल्दा परिवारमा चिन्ता छाएको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङेका निमित्त कार्यालय प्रमुख बनारसी गुप्ताले युवतीको खोजी कार्य भैरहेपनि हालसम्म पत्ता लगाउन नसकिएको बताए ।
Comments
Post a Comment