व्यक्तिगत कारण देखाउदै सानेले टिम होटल छाडे



म्युनिख (एजेन्सी) – व्यक्तिगत कारण देखाउदै जर्मनीका मिडफिल्डर लिरोए सानेले पेरुविरुद्धको मैत्रीपूर्ण खेल अघि टिम होटेल छाडेका छन् । उनले शुक्रबार व्यक्तिगत कारण देखाउदै टिमसँगै रहेको होटल छाडेको जर्मन फुटबल एसोसिएनसले जनाएको छ ।



होटल छाड्ने बेलामा सानेले प्रशिक्षक जोचिम लोउसँग सल्लाह लिएको एसोसिएसनले जनाएको छ । सानेले युइएफए नेसन्स लिगमा फ्रान्सविरुद्धको खेलपछिको २४ घन्टा नबित्दै टिम रहेको होटल छाडेको हो । जर्मनी र फ्रान्सले गोलरहित बराबरी खेलेका थिए ।

फ्रान्सविरुद्धको खेलमा सानले अन्तिम सात मिनेट मात्रै खेल्ने मौका पाएका थिए । साने मार्काे रिउसको स्थानमा ८३औं मिनेटमा मैदान प्रवेश गरेका थिए । जर्मनीले आइतबार पेरुविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यससँगै सानेले पेरुविरुद्धको खेल गुमाउनेछ ।

Comments