माल्दिभ्सविरुद्ध भारतले लियो अग्रता



ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । खेलको पहिलो हाफमा भारतले २-० को अग्रता लिएको छ ।भारतका लागि निखिल पुजारीले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यतिर मनवीर सिंहले अग्रता दोब्बर पारे । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आजको खेलमा माल्दिभ्स २-० भन्दा बढी अन्तरले पराजित भएको खण्डमा समूह चरणबाट बाहिरिने छ ।

यदि माल्दिभ्स २-० ले नै पराजित भएको अवस्थामा नेपालको प्रतिद्वन्द्वी गोलाप्रथाबाट छिनोफानो हुनेछ । भारतले १ गोलको अन्तरले खेल जितेमा भने माल्दिभ्स अगाडी बढ्नेछ । नेपालले समूहको उपविजेतासँग खेल्नेछ भने पाकिस्तान र समूह ‘बी’ को विजेताले फाइनल प्रवेशका लागि भिड्नेछन् ।

सेमिफाइनल खेल बुधबार हुनेछ । नेपालको सेमिफाइनल खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ ।

Comments