निर्मला पन्तले परलोकबाट भनिन्, ‘मेरो आत्माले शान्ति पाउनु पर्‍यो’ (भिडियो)



काठमाडौं – कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याका विषयलाई जोडेर ‘निर्मला पन्तको आत्माले शान्ति पाउनु पर्‍यो’ बोलको गीत आएको छ ।

गायिका डिला बिकको स्वर रहेको गीतमा रविन लामिछानेले शब्द र संगीत दिएका हुन् । हेमन्त शिशिरले एरेञ्ज गरेको म्युजिक भिडियोमा प्रेम अर्याल र सुस्मिता सापकोटाले अभिनय गरेका छन् ।


निर्मला पन्तका दोषीहरूलाई पक्राउ गरेर कारबाहीको माग चलिरहेका बेला रविन लामिछानेले गीत ल्याएका हुन् । निर्मला पन्तको घटनालाई आधार बनाएर गीत बनाइएको छ । गायिका डिला बिकले निर्मला पन्तको पक्षबाट गाएकी छिन् ।

Comments