निलम्बित एसपी विष्टबारे लाजमर्दाे सनसनीपूर्ण तथ्य फेला, यस्ताे सम्म गरेछन्, अब के गर्लान गृहमन्त्री ?



निलम्बित एसपी विष्टबारे लाजमर्दाे सनसनीपूर्ण तथ्य फेला, यस्ताे सम्म गरेछन्, अब के गर्लान गृहमन्त्री ?


नालायक नेतृत्वले लज्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर नै पुगेर निर्मला हत्या घटनाको सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, यो घटनाले गम्भीर पाठ सिकाएको छ ।’

कान्तिपुर दैनिकको समाचारमा भनिएको छ–निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । विष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो ।

‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’,

उनी जुनजुन ठाउँमा प्रहरी प्रमुख भएर बसे ती सबै ठाउँमा महिलाका विषयमा विवादित मात्रै भएनन् राजनीतिक शक्तिको आडमा कारबाही बाट पनि जोगिए ।

infokhabar.com बाट

Comments