नोज रिङ हराउँदा गर्नुपर्छ अपमानको सामना, पाउजु हराउँदा परिवारलाई खतरा


महिलाको श्रृगारमा गहनाको निकै महत्व हुने गर्दछ। शास्त्रका अनुसार जुन घरमा महिलाले सुन्दर बस्त्रका साथमा गहना लगाउने गर्छन्, त्यहाँ सबै देवी देवताको कृपा मिल्ने गर्दछ। महिलाले सुन वा चाँदीका गहना धारण गर्न सकछन्। यी धातुका गहना हराएमा भविष्यमा हुने घटनाको शुभ अशुभ संकेत मिल्ने गर्दछ। आज हामी तपाईलाई कुन गहना हराउदा कुन संकेत मिल्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

नथिया
यदी कुनै महिलाको नथिया अर्थात नोज रिङ हराउँछ भने सावधान रहनु पर्दछ। यसो हुँदा भविष्यमा अपमानको सामना गर्नु पर्दछ।

कानको बाली
कुनै महिलाको कानको बाली हराउछ भने यो घर परिवारसँग सम्बन्धीत कुनै नराम्रो समाचार आउने संकेत हो।

सुनको चुरा
यदी कुनै महिलाको सुनको चुरा हराउछ भने बिना कारण घर परिवारमा अपमान सहनु पर्दछ।

पाउजु
कुनै महिलाको पाउनु हराउछ भने परिवारका कुनै सदस्यलाई चोटपटक लाग्ने सम्भावना रहन्छ।

मंगलसुत्र
कुनै विवाहित महिलाको मंगलसुत्र हराएमा निकै अशुभ मानिन्छ। यस्तो हुँदा पतिको स्वास्थ्यमा समस्या आउन सक्दछ।

सुनका कारक हुन गुरु ग्रह
ज्योतिषका अनुसार गुरु ग्रहको धातु सुन हो। यदी सुनको गहनाको सही ढंगले रेखदेख हुन सकेन भने गुरु ग्रह अशुभ हुने गर्दछ। सुन हराउनु र सुन भेटाउनु अशुभ मानिन्छ।

Comments