एजेन्सी। दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा २२ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ।
“आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको एउटा १९ सिट क्षमताको जहाज दुर्घटनामा परेको जानकारी मात्र प्राप्त भएको छ,” इस्टर्न ग्रेट लेक्स राज्यका सूचना मन्त्रीले बताएको रोयटर्सले लेखेको छ।
रोयटर्सका अनुसार १७ जनाको मृत्यु भएको छ २ जना अझै बेपत्ता छन्। बिमान दुर्घटनाका बारेमा थप विवरण प्राप्त भइनसकेको र खोजी तथा उद्धारको कार्य शुरु भएको अधिकारीले बताएका छन्।
Comments
Post a Comment