पोखरामा फेरी घट्यो सोच्नै नसकिने घटना, १० बर्षिय बालिका माथी कस्ले गर्यो यस्तो कु कर्म काम ? (भिडियो सहित)

पोखरा महानगरपालिका वडा नं. २२ भुम्दीभुम्दीमा बालिका मृत अवश्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो । आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली त्यसतर्फ अहिले गइरहेको छ । कार्यालय प्रमुख डिएसपी नविन कार्कीले आफूहरु घटनास्थल तर्फ जाँदै गरेको जानकारी दिए । ‘हामी पुम्दीभुम्दीतर्फ जाँदैछौं । के भएको हो ? त्यसपछि मात्र थाहा हुन्छ ।’ डिएसपी कार्कीले भने । विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएको र आज शव भेटिएको जानकारी आएको उनले जनाए ।

Comments