आज पनि अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ?



काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विनिमय दर अनुसार आज १ अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा पुगेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३० रुपैयाँ ६८ पैसा छ भने युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २० पैसा, बिक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ १० पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ २४ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ भने यूके पाउण्ड स्ट्रेलिङ एकको खरिददर १४८ रुपैयाँ ७८ पैसा विक्रिदर १४९ रुपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा, बिक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने छन्।

Comments