काठमाडौं, २६ भदौं । पोर्चुगलले युइएफए नेशन्स लिग अन्तर्गत इटालीलाई एक शून्यले हराएको छ ।
सोमबार राति भएको समूह चरणको खेलमा रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलको जितमा एकमात्र गोल आन्द्रे सिल्भाले गरे । रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले ब्यक्तिगत कारणले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने बताएका थिए ।
जसका कारण नियमित कप्तान विना नै मैदानमा उत्रिएको पोर्चुगलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर ४८ औं मिनेटमा सिल्भाले ब्रुमाको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
रसिया विश्वकपमा छनोट हुन नसकेको इटलीले त्यसपछि खेलमा फर्कने मौका पाए पनि सफल भए । हारपछि इटली समूह चरणबाट बाहिर भएको छ ।
Comments
Post a Comment