
बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो सपना चाहिँ आर्मी बनेर देशको सेवा गर्ने थियो । भलिबल खेलाडी बन्ने कुरा त मेरो कल्पनामै थिएन ।
तपाईंलाई पत्यार नलाग्ला, १२ वर्षको उमेरसम्म म खेलकुदबारे अन्जान थिएँ । भलिबल त झन् छोएकै थिइनँ । कैलालीको धनगढी प्रगति टोलमा रबरको चुङ्गी उछाल्नु र मोजा पोको पारेको बलले ढुंगा ढलाउनु नै मेरो खेलको संसार थियो । खेलाडी बन्ने र व्यावसायिक रुपमा खेल्ने कुरा मेरो सोच र समझभन्दा टाढा थियो ।
Comments
Post a Comment