फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ।
आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ। फिलिपिन्समा म्याङ्कुट नामक आँधीले अहिले बितण्डा मच्याएको छ।
म्याङ्कुट नामक आँधीको एक भिडियो सार्वजनिक भएको छ। जसमा एक व्यक्ति आँधी र बाढीमा बग्दै आएका देखिन्छन्। तर भाग्यबस बग्दै आएका ती व्यक्ति जुरुक्क उठेर आफ्नो ज्यान बचाउन सफल हुन्छन्।
भिडियोमा हेर्नुहोस् उक्त दृष्य
Comments
Post a Comment