
एजेन्सी। करिब १८ वर्षदेखि अमेरिका अफगानिस्तानमा अलकायदा र तालिबानविरुद्ध अपरेशन चलाइरहेको छ । यसका लागि लाखौं अमेरिकी सैनिक अफगानिस्तानमा तैनाथ गरिएका छन् । यहाँ अपरेशनका क्रममा केही यस्ता घटना पनि भएका छन् जसलाई अमेरिकाले संसारसँग लुकाएर राखेको छ । यस्तै एक रहस्यमय घटना सन् २००२ मा भएको थियो ।
अमेरिकी सैनिकको गस्ती टिम अफगानिस्तानको कुनै दुर्गम क्षेत्रमा फसेर त्यतै हराए । उनीहरुलाई खोज्नको लागि अर्को टिम खटाइयो । दोस्रो टिम दुर्गम क्षेत्रमा एक गुफामा पुगे जहाँ उनीहरुको सामना एक भयानक दानवसँग भयो ।
हेर्दा मान्छेजस्तै भए पनि उसको आकार निकै विशाल थियो । यो विशाल व्यक्तिलाई निकै मुस्किलले मारियो । पछि अमेरिकी सैनिकले यो घटनालाई गुपचुप राखेर त्यत्तिकै दबाए । यस विषयमा इन्टरनेटमा धेरै लेखहरु लेखिए तर यो घटनामा कति सत्यता छ भन्ने विषयभने अझै रहस्यमय नै छ ।
२००२ मा हराएको एक सैनिक टोलीलाई खोज्न अर्को सैनिक टोली परिचालन गरिएको थियो । खोजी गर्दै यो टोली एक पहाडमा पुग्दो यहाँ यसअघि शायदै कोही पुगेको थियो ।
त्यहाँ उनीहरु पुग्दा त्यहाँ भएको एक गुफाअगाडि केही कंकाल छरिएका थिए । यसबाहेक आर्मीले प्रयोग गर्ने कम्युनिकेशन सेट पनि त्यहाँ भेटियो ।
यो देखेर सैनिक टोली सक्रिय भयो र आक्रमणको पोजिसनमा आयो । उनीहरुलाई लागेको थियो शायद कुनै जनावर हुन सक्छ । तर, उनीहरुको होस त्यतिबेला उड्यो जब भित्रबाट एउटा विशाल मान्छे निस्कियो जसको आकार झण्डै १५ फिट थियो ।
ती व्यक्तिको रातो रंगको कपाल र लाहो दाह्री भएको बताइन्छ । एक सैनिक उसलाई देख्नासात तुरुन्त बन्दुक लिएर फयर गर्न थाले । तर यसको ऊमाथि खासै असर भएको थिएन ।
यो देखेर पूरै टिम एक्टिभ भयो र सबै सैनिकले लगातार गोली चलाउन थाले । त्यसपछि भने यो विशाल मानव बेहोस भएर ढल्यो । यतिबेला पनि उसको शरीर हल्लिरहेको थियो ।
त्यसपछि सैनिकहरुले लगातार उसको टाउकोमा फायर गरे । अन्ततः विशाल मानव वा दानवको मृत्यु भयो । यस क्रममा एक सैनिकको पनि मृत्यु भएको बताइन्छ ।
सैनिकको टिमले बुझ्न सकिरहेको थिएन कि उनीहरुको सामना कोसँग भएको थियो । यो दावनजस्तो देखिने व्यक्ति को थियो भन्ने पनि उनीहरुले बुझेनन् ।
उनीहरुले आर्मी बेसमा सम्पर्क गरे र ठूलो हेलिकप्टर मगाए ताकि यो विशाल दानवलाई लैजान सकियोस् । त्यसपछि भने यो दानवलाई अमेरिकाले भित्रभित्रै दबायो । न अमेरिकाले यो घटनाबारे स्वीकार गरेको छ न यो घटनाको अन्य कुनै प्रत्यक्षदर्शी छ । त्यसैले यो घटना अझैसम्म पनि रहस्यमय नै छ । डिसी नेपाल
Comments
Post a Comment