केटाकेटीहरुको चकचके बानीले गर्दा त्यति ठुलो घटना हुन पग्यो भन्नेतिर सबैको ध्यान गएको छ।



लेखनाथ । कास्कीको बेगनास तालमा शनिबार दिउँसो भएको डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटिएको छ।

आइतबार अपरान्ह् सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्ने क्रममा शव फेला पारेका हुन्।

नवलपरासी गैंडाकोटका ३२ वर्षीय रवि खनाल, सात वर्षीय शङ्कर खनाल, आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचिन पौडेल, पाँच वर्षीय रञ्जित गैह्रे र १७ वर्षीया मनिषा बजगाईँको शव फेला परेको हो।

शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णुवरसिंह थापाले जानकारी दिए।

डुङ्गा गन्तव्यभन्दा करीब २०० मिटर वरै दुर्घटना भएको थियो। डुङ्गामा सवार १० मध्ये आठ जनाको मृत्यु भएको थियो। दुई जनाको उद्धार गरिएको थियो। रासस

Comments