काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’मा कलाकारहरु थपिने क्रम जारी छ ।
अभिनेता अनमोल केसी जोडिएसँगै चर्चामा रहेको यो चलचित्रले एकपछि अर्को कलाकार थपेको छ । शुक्रबार मात्रै अभिनेता सलोन बस्नेत चलचित्रका लागि पक्का भएका थिए । त्यसको भोलिपल्टै चलचित्रमा अन्य दुई कलाकारको आगमन भएको हो।
चलचित्रका लागि अभिनेताद्वय अर्पण थापा र रबिन्द्र झासँग सम्झौता भएको निर्देशक झरना थापाले जानकारी दिईन् । अब लभस्टोरी ‘ए मेरो हजुर ३’मा अनमोल केसी, सुहानी थापा, सलोन बस्नेत, अर्पण थापा र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ।
Comments
Post a Comment