अमेरीकन गायक सगँक बिवाहको तयारी गरीरहेकि बलिउड अभिनेत्रि प्रियंका चोपडा लाई ठुलो झट्का लागेको छ । प्रियंका चोपडाकी हुनवाला ससुरा पल जोनस ऋण तिर्न नसकेर टाँट पल्टिने अवस्थामा पुगेका छन् । भारतिय मिडियाका अनुसार प्रियंकाका हुनेवाला पति अमेरिकन गायक निकका बाबु ऋण तिर्न नसक्ने समस्यामा परेका छन् ।
पल अमेरिकाको न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् । पलको कम्पनीले १० लाख डलरभन्दा बढी ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न नसकेको समाचार अहिले भाइरल बनिरहेको छ ।पलका तीन छोरा छन् । सबै गायक हुन् । छोराहरूले चाहे भने पलको ऋण एक क्षणमा तिर्न सक्ने बताइएको छ ।
Comments
Post a Comment