कुबेतमा नेपाली कामदार बोकेको बस दुर्घटना
कुबेत,असोज २। कुबेतमा कामदार बोकेको बस दुर्घटना हुँदा एक नेपाली सहित एक भारतीय नागरिकको ज्यान गएको छ भने केही घाइते भएका छन।दुर्घटनामा परि खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुपमा कार्यरत ३२ बर्षिय परि दोर्जे शेर्पा र सोही कम्पनिमा कार्यरत एक भारतीय नागरिकको मृत्यु भएको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।
घटनाको प्रारम्भिक बिवरण आउन बाकी रहेको छ भने दुर्घटनामा परि घाइते अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छदुर्घटनामा परि मृत्यु भएका सेर्पाको शव हाल कुबेत स्थित फर्वानिया अस्पातलमा राखिएको छ भने कानुनी प्रक्रिया पूरा गरि शवलाई नेपाल पठाइने दूतावास स्रोतले जानकारी दिएको छ।
यो पनि हेर्नुहोस : निलम्बित एसपी विष्टले यसरी खोले आफ्नो छोरा बारे रोशनी–बबितासँगको सम्बन्ध !
काठमाडौँ- गत साउन महिनामा हत्या भएकी निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लग्न सकेको छैन। अनुसन्धानमा व्यापक त्रुटी भएको भन्दै निष्कर्ष पनि निक्लिसकेको अवस्था रहेको छ।घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट केहि दिन देखि संचार माध्यमहरुमा छाइरहेका छन्। निलम्बन पछि उनले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै आएका छन्।उनले आफ्नो बचाऊ गर्दै आफू निर्दोष रहेको र आफू यस घटनामा कुनै पनि तरिकाबाट संलग्न नरहेको विभिन्न विभिन्न सञ्चारमाध्यममा बताउँदै आएका छन्।विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिने क्रममा उनले निर्मलाको बलात्कार पछि भएको हत्यामा आफ्नो छोराको कुनै पनि संलग्नता नभएको जिकिर गर्दै आएका छन्।
Comments
Post a Comment