काठमाडौं । सरकारले आर्थिक विधेयक २०७५ मा सडक निर्माण दस्तुर र अन्तशुल्क वृद्धि गरेपछि मोटरसाइकलको मूल्य बढेको छ । चालु आर्थिक वर्षका लागि सबै कम्पनीहरुले मोटरसाइकलको मुल्य बढाएका हुन् । मोटरसाइकलकाे मूल्य १ लाख रूपैयाँसम्म बढेकाे कम्पनीहरूले जनाएका छन् ।
आर्थिक विधेयक २०७४ भन्दा २०७५ मा मोटरसाइकलको सीसी अनुसार सडक निर्माण दस्तुर र अन्तशुल्क कर बढाइएपछि यसको असर मूल्यमा परेको हो । जसको असर स्वरुप मोटरसाइकलमा १ लाख रूपैयाँसम्म मूल्य वृद्धि भएको छ । नेपालमा चलेका बजाज, टिभीएस, यामाहा, केटिएम ड्युक, हिरो होण्डा, होण्डा, वनेली, रोयल इन्फिल्ड ब्राण्ड मोटरसाइकलको मूल्य बढेको हो।
केटिएम ड्युक
पछिल्लो समय नेपाली बजारमा आएको केटिएम ड्युक मोटरसाइकलको सबै उत्पादनमा मूल्य बढाएकाे छ । केटिएम मोटरसाइकलको ५ उत्पादनमा मूल्य समायोजन गरिएको छ । ड्युक २०० र २५०, २०० आरसी मा ३५ हजार ९०० रूपैयाँसम्म मूल्य बढेको छ । ड्युक ३९० मा १ लाख रूपैयाँ बढेको छ ।
बजाज
बजाजले पनि नयाँ मूल्य लागू गरेको छ । कम्पनीको ब्राण्ड अफिसर डिजिटल मार्केटिङ प्रतिक उप्रेतिले सबै उत्पादनमा मूल्य समायोजन गरी लागू भैसकेको बताए । बजाजको पल्सर २२० एफको २ लाख ८६ हजार ९ हजारबाट बढेर ३ लाख ९ हजार पुगेको छ ।
यामाहा
यामाहा मोटरसाइकल कम्पनीको पनि मूल्य समायोजन भै सकेको व्यवस्थापक रमेश धनेखुले बताए । उनका अनुसार मूल्य समायोजन लागू भैसकेको छ ।
हिरो
हिरो मोटरसाइकले पनि मूल्य समायोजन गरी लागू गरिसकेको मिडिया कोडिनेटर शीतल दाहालले बताइन् । हिरोले आफ्नो उत्पादनको हिरो एक्स्ट्रिम, एक्स्ट्रिम स्पोर्ट, एक्स्ट्रिम २०० एस, करिज्मा आर, करिज्मा जेठएआरको मूल्य समायोजन गरी लागू गरेको छ ।
टिभिएस
टिभिएस मोटरसाइकलले पनि मूल्य समायोजन गरी सकेको छ । कम्पनीका मिडिया कोडिनेटर बिक्रम पौडेलका अनुसार केहि उत्पादनमा मूल्य समायोजन भई लागू भैसकेको छ ।
होण्डा
यसैगरी, होण्डा मोटरसाइकलमा पनि मूल्य समायोजन भैसकेको छ । होण्डाको उत्पादन मध्ये पछिल्लो समय लोकप्रिय बनेको २ लाख ६५ हजारमा पाइने होर्नेट मोटरसाइकलको मूल्य २ लाख ९९ हजार पुर्याइएको छ ।
यसैगरी नेपालमा रहेका बनेली, रोयल इन्फिल्ड लगायत कम्पनीले पनि मूल्य समायोजन गरिसकेका छन् । नेपालमा मोटरसाइकल लोकप्रिय साधनको रुपमा विकास हुँदै गएको छ । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हाल नेपालमा मोटर साइकलको संख्या २५ लाख ३० हजार पुगेको छ ।
-gorkhalikhabar
Comments
Post a Comment