अमृत बोहोराको चेतावनी : नेकपामा कमिटी प्रणाली समाप्त हुँदैछ


२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा त्यस पार्टीको नेतृत्व तहमा रहेका नेतामध्ये वरिष्ठता क्रममा सबैभन्दा पुराना मध्येमा पर्छन् ।

माधवकुमार नेपाल तत्कालीन एमालेको महासचिव हुँदा बोहोरा १४ वर्षसम्म अघोषित दोस्रो बरियतामा थिए । दोस्रो वरियता यसकारण कि, माधव नेपालको अनुपस्थितिमा उनी सधैं कार्यवाहक महासचिव हुन्थे । ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही कु गरेपछि बोहोरा पनि पक्राउ परेकाले झलनाथ खनाल कार्यवाहक महासचिव भएका थिए । अन्यथा बोहोराले नेतृत्व गर्ने सम्भावना थियो ।कुनैबेला एमालेका शक्तिशाली नेता बोहोरा पछिल्लो दुई कार्यकाल एमालेभित्र शक्तिशाली मानिने अनुशासन आयोगको अध्यक्ष रहे । पार्टी एकीकरणपछि अनुशासन आयोगलाई केन्द्रीय कमिटीको मातहत राख्न खोजिएको भन्दै बोहोरा बागी बने ।

उनको मागअनुसार विधान परिमार्जन गर्ने भनिए पनि विधान छापिएर आउँदा अनुशासन आयोगको गठन केन्द्रीय कमिटीले गर्ने बुँदा यथावत राखिएपछि बोहोरा पुनःअसन्तुष्ट बनेका छन् । उनले अनुशासन आयोग महाधिवेशनप्रति उत्तरदायी हुने भन्दै यसलाई कमजोर बनाउनु भनेको पार्टीलाई एकाध नेताको कब्जामा जान दिनु हो भनेका छन् ।

कडा कम्युनिस्ट अनुशासनका पक्षपाती बोहोरा पछिल्लो समय पार्टीका कमिटीहरु निष्क्रिय हुँदै जाँदा पार्टी प्रणाली नै समाप्त हुने दशामा अघि बढेको निश्कर्षमा पुगेका छन् । बोहोराले नेकपाको बेथितिबारे अनलाइनखबरमार्फत यसरी असन्तुष्टि पोखेका छन्-

Comments