निर्मलाको बलात्कार र हत्या गर्ने अभियुक्तको नामै तोकेर छानविन समितिले प्रतिवेदन बुझाए पछि गृहमन्त्रीको आयो यस्तो प्रतिकृया

सुर्य बस्याल – काठमाडौं, ९ असोज । गृहमन्त्री रामवहादुर थापा बादलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोशीलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । सो घटना छानविन गर्न गठित छानविन समितिले बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री थापाले यस्तो प्रतिकृया दिएका हुन् ।समितिले एक महिना लगाएर घटनाका बारेमा अनुसन्धान गरेको छ । प्रतिवेदनमा समितिले घटनामा संलग्न हुन सक्ने अभियुक्तहरुको नाम सूची उल्लेख गरेर गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको छ ।
मन्त्रालयले भदौ ७ मा सहसचिव हरिप्रसाद मैनालीको संयोजक्तमा सो घटना छानविन गर्न समिति गठन गरेको थियो । समितिले कञ्चनपुर पुगेर घटनाको वस्तुस्थिति, घटनाका सम्बन्धमा स्थानीयको भनाई, प्रहरी अनुसन्धानमा भएका गल्ती कमजोरी र घटनामा संलग्न हुनेसक्नेहरुको नाम सहित तोकेर प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै मन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएको कुरा पुर्ण कार्यान्वयन हुने प्रतिवद्धता जनाएका छन् ।
निर्मलाको बलात्कार पछि हत्या भएको घटनाको करिब दुर्इ महिना पुग्नलाग्दा र थुप्रै समिति बनिसक्दासमेत हत्यारा पत्त्ता लाग्न सकेको छैन। प्रहरीले निर्मलाको बलात्कार र हत्यामा संलगन भएको भन्दै मानसिक सन्तुलन गुमाएका ब्यक्तिलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि स्थानिय बासीन्दा आक्रोशित भएका थिए ।
आक्रोशित स्थानिय बासीन्दाको आन्दोलनका क्रममा समेत एक बालकको मृत्यु भएको छ । तत्कालिन जिल्ला प्रहरी प्रमुखनै वास्तविक अपराधि लुकाउने अभियानमा लागेको भन्दै स्थानियले विरोध जनाएका थिए । छानविन समितिको प्रतिवेदनमा पनि तत्कालिन प्रहरी प्रमुखको छानविनमा कमी देखिएको उल्लेख छ ।
Comments
Post a Comment