निर्मलाका हत्याराको नाम खुलासा ! प्रहरी र अधिकारकर्मीबीचमा घम्साघम्सी (भिडियाे हेराैँ)



१. बलात्कारी–हत्यारा अपराधी : निर्मला पन्तको बलात्कारीपछि हत्या गर्ने । (प्रमाणसहित सक्कली अपराधी सार्वजनिक गर्न प्रमुख रुपमा दबाब दिइँदै आइएको छ र दिइरहनुपर्छ । नक्कली प्रमाण जुटाएर निर्दाेषलाई फसाउन अध्याय समाप्त भएको छ ।)

२. सांगठनिक अपराधी : हत्या घटना छानबिनको जिम्मेवारी प्रभावकारी रुपमा गर्न छाडेर प्रमाण नष्ट गर्दै प्रहरी संगठनको दुरुपयोग गर्ने सांगठनिक अपराधी । (बलात्कारी–हत्यारा पत्ता लगाउन मुख्य सुत्र हुन सक्ने, सांगठनिक दुरुपयोग गरेको र निमुखाको न्याय खोसेको आरोपमा सबैलाई बर्खास्त गरेर थुनेर कारवाही गर्न दबाब सिर्जना गर्नुपर्छ ।)

३. राजनीतिक अपराधी : हत्या घटनाको निष्पक्ष छानबिनलाई प्रभावित पार्ने, प्रमाण नष्ट गर्ने प्रहरी नेतृत्वलाई राजनीतिक संरक्षण दिने र केन्द्रीय नेतृत्वलाई घटनाबारे गलत रिपोर्टिङ गरेर भ्रम सिर्जना गरी हत्यारा पत्ता लगाउनमा अवरोध सिर्जना गर्ने राजनीतिक अपराधी । राजनीतिक अपराधीकै गलत भूमिकाका कारण आन्दोलन चर्काउनुपरेको, शनि खुना शहीद हुनुपरेको र धेरै युवा घाइते हुनुपरेको हो । (राजनीतिक क्रियाकलापमा देखिएजस्तो गरेपनि अपराधी बिचौलियालाई सहयोग पुर्याउने यस्ता तत्व समाजका कलंक र दुष्मन हुन् । यस्ता तत्व समाजसँगै राजनीतिक दलका लागि पनि घातक हुन् । यिनले समग्र दल र नेतृत्वलाई नै भ्रममा राख्ने सम्भावना कायमै रहने भएकाले यस्तालाई राजनीतिक दलको जिम्मेवारीबाट कारवाही गराउन दबाब सिर्जना गर्नुपर्छ ।)

४. राजकीय/शासकीय अपराधी : जनताको संरक्षण गर्ने जिम्मेवारीका साथ राज्य संयन्त्रमा बसेर पनि जनताले आन्दोलन गर्दा पनि अपराधी समूहकै प्रभावमा परेर बोल्ने, जनताको आन्दोलनको अपमान गर्ने र न्याय माग्ने समूहमाथि अनावश्यक रुपमा गोली बर्साउनु राजकीय अपराध हो । प्रधानमन्त्रीले नै कञ्चनपुरका जनताको अपमान हुने गरी झूट बोलेका छन्, सरकारी स्रोतको दुरुपयोग गर्दै न्यायको आन्दोलनलाई गलत व्याख्या गरेका छन्, त्यो राजकीय अपराध हो । (राजकीय अपराध गर्नेले क्षमायाचना गर्ने र सबै गल्तीलाई सच्याउने तत्परता देखाउनुपर्छ । ज–जसका कारण राजकीय अपराध हुन गयो, तिनीहरूलाई सार्वजनिक गर्दै कारवाहीको दायरामा ल्याउन समेत दबाब सिर्जना गर्नुपर्छ । राज्यसत्ता नै बलात्कारी बचाउन लागेको स्थापित हुँदै गयो भने ठूलो बिडम्बनापूर्ण अवस्था सिर्जना हुनेछ ।)



५. सामाजिक–मानवीय अपराधी : सभ्य समाज निर्माण र न्यायको शासनका लागि बलात्कारी–हत्यारालाई कारवाही होस् भनेर निस्किएको आवाजलाई गलत व्याख्या गरेर सामाजिक सञ्जालमा लेख्ने, आन्दोलनलाई विषयान्तर गर्न खोज्ने, अपराधी समूहलाई पक्षपोषण हुने गरी कूतर्क–वितर्क गर्ने सामाजिक–मानवीय अपराधी हुन् । अपराधी जोगाउने नेताको चाकडी, व्यक्तिगत स्वार्थ र लाभका लागि सामुहिक र सामाजिक स्वार्थलाई अपमान गर्नु ठूलो अपराध हो । (यस्ता अपराधीलाई समाजले चिनेको छ र आफैं नाङ्गिने काम गरेका छन् । यस्ता अपराधीका भूमिकालाई तत्तत् ठाउँमा विरोध र बहिष्कार गर्दै भूमिका निरुत्साहित गर्न दबाब सिर्जना गर्नुपर्छ ।)

याे पत्रकार जी भट्टले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेकाे बिचार हाे । यसलाई उहाँकै फेसबुक वालबाट साभार गरिएकाे हाे ।

Comments