एजेन्सी । संसारका अनौठो प्रथा भएको आदिवासी जो मानिसको हड़िको सुप खान्छन् । यिनीहरूलाई यानोमानी आदिवासी भनिन्छ । यी दक्षिण अमेरिकी आदिवासी हुन् । उनीहरू ब्राजिलको उत्तर र भेनेजुएलाको दक्षिणतर्फको जंगलमा बसोबास गर्छन् ।
यी आदिवासी अविश्वसनीय काम र प्रथा र आफ्ना रहन–सहनका लागि चिनिन्छ । नग्न घुमफिर गर्ने, खुला आकासमुनि रात बिताउने यिनीहरू आफ्नै मृत्त व्यक्ति जलाइसकेपछि त्यसको खरानीको सुप पिउँछन् । यसो गर्नाले आफ्ना प्रिय व्यक्तिको आत्मा बचाउन सकिने उनीहरूको विश्वास छ ।
यी आदिवासी करिब २ सयदेखि २ सय ५० गाँउमा फैलिएका छन् । यिनीहरूमध्ये कसैले प्राकृतिक रूपमा मृत्युवरण गर्यो भने त्यसको खरानी बनाएर सुप पिउँछन् । चाहे त्यो आफ्नो छोराछोरी, आमा जोसुकै होस्, त्यसको खरानीको सुप पिउनैपर्छ ।
यिनीहरूलाई मृत्युमा रत्तिभर विश्वास छैन । बरु, उनीहरू यस्तो ठान्छन् कि– कुनै विपक्षी जनजातिका जादुगरले आफ्ना प्रथातिको व्यक्तिमाथि हमला गर्नका लागि खराब आत्मा पठाएका हुन् । उनीहरूलाई लाग्छ, त्यसैले उक्त व्यक्तिको शरीरको अन्तिम संस्कार गर्नुपर्छ ।
कसरी बनाउँछन् सुप ?
उनीहरूले मृत आफन्तको शरीरलाई नजिकको जंगलमा पात पतिगांरले छोपेर छाडिदिन्छन् । ३० वा ४५ दिनपछि उक्त शरीरबाट हड्डी निकाल्छन् र त्यसलाई जलाउँछन् । हड्डी जलाएपछि जुन खरानी निस्कन्छ, त्यसलाई फर्मेट गरेको केरासँग सुप बनाइन्छ ।
यसरी मिश्रण गरिएको सुप समुदायका सबैले अनिवार्य पिउनैपर्छ ।
Comments
Post a Comment