
कलाकार देशभक्त खनालले अन्नतत फेसबुक मार्फत माफी माग्नु परेको छ । फेसबुक मार्फत चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि मंगलबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि चरित्र हत्या गरेको आरोपमा पक्राउ पर्नुभएका बरिष्ठ कलाकार देशभक्त खनाल रिहा हुनुभएको छ ।
अवदेखि कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले छाडेको हो । रिहा भए लगत्तै फेसबुकमा उहाँले , ”मैले २०७५ साल भाद्र २२ गते आफ्नो फेसबुक पेजमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रामकेशर बोगटी ज्यूका बारेमा मैले आबेशमा आइ अनाबश्यक शब्द म बाट लेखिन गै गल्ती हुन गएकोले म सार्वजनिक रुपमा सामाजिक संजाल मार्फत क्षमा याचना माग्दछु” भनेर लेख्नुभएको छ ।
Comments
Post a Comment