उकुसमुकुस काठमाडौं, नगरबासीमा नाक, कान, घाँटीको समस्या


२६ भदौ, काठमाडौं । काठमाडौं म्हैपीका १९ वर्षिय सुजित खनाललाई घरबाहिर निस्कनुपरे माक्स नभई हुन्न । माक्स नलगाई हिडडुल गरेपछि उनको घाँटी सुक्छ । रुघा लाग्छ ।

अधिकांश राजधानीवासीको साझा समस्या हो यो । घरबाहिर निस्कनु परेमा माक्स लगाउनै पर्ने । माक्स नलगाई हिंडडुल गर्दा बिरामी हुने सम्भावना छ । यहाँको वायु यति दूषित छ कि, त्यसले हरेक क्षण नगरवासीको फोक्सोलाई शिथिल बनाइरहेको छ । यही कारण त अहिले नाक, कान, घाँटीको समस्याले नगरवासी आक्रान्त छन् ।

Comments