चमत्कारी बेसार : क्यान्सर, मधुमेह, टंसिल देखि सौन्दर्यका लागि गुणकारी !


एजेन्सी । बेसार हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला हो । बेसार बिना हाम्रो भान्सामा तरकारी नै पाक्दैन भन्दा पनि फरक पर्दैन । हामीले दैनकि प्रयोग गर्दै आएको बेसारले हामीलाई यति धेरै फाईदा दिन्छ । यसरी प्रयोग थाहा पायो भने औषधीको रुपमा काम गर्छ । आयुर्वेदमा बेसारलाई निकै औषधीजन्य चिज मानिन्छ । जान्नुहोस् बेसारका केही फाईदाहरु ः-

१. बेसारमा पाईने करक्यूमिन नामक रासायनले शरीर सुन्निने समस्यालाई कम गर्नमा मद्दत गर्छ ।
२. बिहानै उठेर मनतातो पानीमा बेसार मिसाएर पिउनाले दिमागको लागि लाभदायी हुन्छ ।
३. बेसार एक शक्तिबर्धक एन्टीअक्सीडेन्ट भएकाले यसले क्यान्सर बढाउने कोषहरु सँग लड्ने गर्छ ।
४. बेसार नियमित खानामा राखि सेवन गर्नाले पित्त धेरै बन्ने र खाना सजिलै पचाउनमा मद्दत गर्ने अध्ययनले देखाएको छ ।
५. बेसार हालेको पानी पिउनाले रगत जम्दैन र रगत सफा गर्नमा पनि यसले मद्दत गर्छ ।
६. बेसार जलनरहित, एन्टीफँंगल, एन्टीव्याक्टेरियल र एन्टीभाइरल गुणले भरिपूर्ण हुन्छ ।
७. पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान\बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १\२ हप्तामै ठिक हुन्छ ।
८. टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
९. मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।
१०. हप्तामा एक पटक बेसारको फेस प्याक बनाएर लगाउने गरेमा अनुहार चम्किलो र गोरो हुन्छ ।

Comments