नेपालसँग फाइनल खेल्न चाहान्छौंः भारतीय प्रशिक्षक कन्सटाइन

ढाका (हाम्रो खेलकुद) – भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग फाइनल खेल खेल्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्समाथि २–० को जित निकालेपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्व प्रशिक्षक स्टेफेनले फाइनल नेपालसँग खेल्न चाहेको बताएका हुन् ।उनले नेपालमा बिताएका सबै पल आफुलाई याद रहेको उल्लेख गर्दै बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले राम्रो फुटबल खेलेको बताए । कन्सटाइन महर्जनका पनि प्रशिक्षक हुन् । कन्सटाइनको प्रशिक्षणमा नेपालले काठमाडौंमा सन् १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद अन्र्तगत फुटबलको फाइनल खेलेको थियो । यो टोलीमा महर्जन पनि खेलाडी थिए । उनले माल्दिभ्सविरुद्धको आजको खेल सहज नभएको बताएका छन् ।समूह चरणको दुवै खेल जित्दै भारत समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यो समूहमा समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा माल्दिभ्स सेमिफाइनल पुगेको छ । बुधबार नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तानबीच सेमिफाइनल खेल हुनेछ । नेपालको खेल नेपाली समयअनुसार ३:४५ बजे हुनेछ ।

Comments