इन्काउन्टरमा मारिएका मनोज पुनका ३ जना सहयोगी रिहा

बुटवल,

प्रहरी ईकाउन्टरमा मारिएका रुपन्देहीको देवदहका मनोज पूनलाई सघाएको अरोपमा पक्राउ परेका तीन जनालाई तारेखमा रिहा गरिएको छ ।

रिहा हुनेमा अभियुक्त लेखनाथ न्यौपाने , तुल्सी न्यौपाने र हरि श्रेष्ठ रहेका छन् ।

मनोज पुनमाथिको ईकाउन्टरपछि रुपन्देही प्रहरीले एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

तीमध्ये तीन जनालाई तुल्सीपुर उच्च अदालत बुटवलका मुख्य न्यायाधीश कुमार पोख्रेल र न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजालासले छाड्ने निर्णय गरेको हो ।

Comments