उनी कुनै पनि कुरा समयभन्दा अघि खुलाउन रुचाउँदिनन् । फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, वरुण धवन, आलिया भट्टलगायत कलाकार रहेकाले पनि सोनाक्षी बढी आशावादी भएकी हुन् ।
सोनाक्षीका अनुसार उनले यस फिल्म खेल्नका लागि धेरै फिल्मका लागि आएको प्रस्ताव अस्वीकार गरेकी थिइन् । अनुराग वसु निर्देशित यो फिल्म एक कालखण्डको नाटक हो । सोनाक्षीका अनुसार यस्तो कथाले मानिसलाई अर्को युगमा लैजानेछ ।
केही समयअघि प्रदर्शन भएको फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ सुपर फ्लप भए पनि सोनाक्षी फेरि अभिनयमा जम्न खोजिरहेकी छिन् । सोनाक्षी प्रदर्शन हुन लागेको फिल्म कलंकबाट फेरि दर्शकको दिलमा बस्न पाइने आशामा छिन् ।
Comments
Post a Comment