
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतकाबीच देखिएका विवादका बारेमा आज सिंहदरबारमै बोलेका छन् । त्योपनि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनी कडा रुपमा प्रस्तुत भएका हुन् । सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने नहुने बताउँदै ओलीले विज्ञहरुको सुझाव हुबहु पुरा गराउन भारतसँग कुरा गर्ने बताए । उनले भने सिमाका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताए ।
“कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिएर जस्ताकोतस्तै सरकारलाई बुझाउन प्रधानमन्त्री ओलीले निर्देशन दिए । प्राप्त सवुतको आधारमा सरकारले राय दिने त्यही रायका आधारमा निर्णय गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी समितिलाई निर्देशन दिए ।” नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो ।
“हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ”– प्रधानमन्त्री ओलीले भने मिलेरै यो विवाद समाधान गर्न सकिन्छ । कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सीमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Comments
Post a Comment