एजेन्सी। अमरिकाको फ्लोरिडा राज्यमा पुलिसले एक घरमा छापा मार्ने क्रममा भित्तामा शंका लागेपछि भित्ता फोरेर हेर्यो।
भित्ताभित्र २४ वटा रातो रंगका बाल्टिन भेटिए। यो घरमा दाजुबहिनी बस्थे। भित्ताभित्रबाट निस्किएका बाल्टिन हेर्दा छापा मार्न गएका सुरक्षाकर्मी नै आत्तिएर चिच्याए। बाल्टिन खुल्नासाथ पुलिसले दुवै दाजुबहिनीलाई पक्राउ गर्यो।
मियामी शहरका लुइस हर्नान्डेज र उनकी बहिनी सलमा हर्नान्डेज ड्रग्सको कारोबार गर्थे। एक केसको जाँचको सिलसिलामा पुलिस यिनीहरुको घरमा पुगेको थियो। लामो समयसम्म खोजी गर्दा पनि पुलिसले केही भेटेन। यही क्रममा उनीहरुको घरको एक कोठाको भित्ता हेर्दा पुलिसलाई केही शंका भयो।
भित्ता फोरेर हेर्दा भित्रबाट २४ रातो रंगका बाल्टिन भेटिए। जब पुलिसले ती बाल्टिन खोले उनीहरु आत्तिएर चिच्याए। बाल्टिनभित्र पैसाका नोटैनोट थिए। घरको गोप्य कोठाको भित्ताभित्र लुकाएर राखिएका यी नोट यति धेरै थिए कि यसलाई गन्न पनि पुलिसलाई लामो समय लाग्यो। यहाँभित्रबाट करिब अढाइ अर्ब रुपैयाँबराबर पैसा निस्किएको थियो। यसका अलावा भित्रबाट केही ड्रग्स र हतियार पनि बरामद भएको थियो।
Comments
Post a Comment