एजेन्सी । अहिलेको बर्तमान समयमा मोबाईल मनिसकोअभिन्न बस्तु नै बनिसकेको छ । मोबाईल बिना मानिसहरु पानी बिनाका माछा जस्ता भैसकेका छन् । मोबाईल हाम्रो लागि जति नै सुबिधा र फाईदा जनक छ त्यतिनै हानिकारक पनि छ । मोबाईल प्रयोग गर्दा सावधानि नअपनाएमा अनेक किसिमका समस्या को सिकार हुनु पर्छ ।
इलेक्ट्रोनिक सामानहरुबाट निस्कने निलो प्रकाश मानव स्वास्थ्यका लागि निकै हानिकार हुने भएकाले रातिमा मोबाइल चलाउनु खतरनाक हुने एक अध्यानले देखाएको छ ।
अमेरिकी बैज्ञानिक टोलीले गरेको अनुसन्धानअनुसार मोबाइलबाट निस्कने निलो प्रकाशले मानिसलाई अन्धो बनाउन सक्छ ।
मोबाइलबाट निस्कने निलो प्रकाशले आँखामा एक विषालु जिवाणु उत्पन्न गराउने र सो जिवाणुले आँखामा कालो दाग बनाउने बताइएको छ । सो दागका कारण स्थायी अन्धो हुने खतरा रहेको अनुसन्धानले देखाएको छ ।
अमेरिका जस्तो मुलुकमा मोबाइलकै कारण अन्धो हुनेहरुको संख्या बढिरहेको बताइएको छ । मोबाइलमात्र नभएर कम्प्युटरले पनि अन्धो बनाउन सक्ने बताइएको छ । लगातार मोबाइल र कम्प्युटर चलाउन घातक हुने भएकाले स्वास्थ्यमा पनि ध्यान दिन वैज्ञानिकहरुले सुझाव दिएका छन् ।
Comments
Post a Comment