६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प



वासिङ्गटन । न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्नीच्युडको भूकम्प गएको छ। तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था (युएसजिएस) ले जानकारी दिएको छ।

अहिलेसम्म प्राप्त भौगर्भिक तथ्यहरुको आधारमा हेर्दा हाल यहाँ सुनामीको चेतावनी दिनुपर्ने कुनै कारण देखा नपरेको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जानकारी दिएको छ।

गैरआवाद रही आएको केर्मादेक द्वीप ज्युजिल्याण्डको सुदुरउत्तरमा पर्दछ। न्युजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो। रासस÷एएफपी

Comments