२८ भदौ, सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज ३ गते संविधान दिवसका दिन पाँच वटा प्रदेशमा विरोध प्रदर्शन गर्ने जनाएको छ । उसले प्रदेश ३ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा विरोध सभा गर्ने जनाएको छ ।
विरोध सभाहरुमा भाग लिन अध्यक्ष मण्डलका सदस्यहरुलाई विभिन्न ठाउँमा खटाएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ को बारा र पर्सामा आयोजना गरिने विरोध कार्यक्रममा सम्बोधन गर्नेछन् ।
Comments
Post a Comment