काठमाडौँ। चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अभिनीत चलचित्र ‘अनुराग’को प्रदर्शन मिति नजिक आँउदै गर्दा चलचित्रको प्रचारप्रसार व्यापक भएको छ। अहिले चलचित्रका नायक नायिकालाई मिडियामा अन्तर्वार्ता दिनु भ्याईनभ्याई छ।
केही हप्ता अगाडि चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो जुन निकै चर्चित भएको थियो। असोज १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा एलिजाको अपोजिटमा समुन्द्र पण्डितको अभिनय छ ।
त्यस्तै चलचित्रमा ठिलेन लामा, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, विद्या भट्टराई, दावा लामा लगायतको पनि अभिनय छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको ‘अनुराग’लाई सत्यराज चौलागाइँले निर्देशन गरेका हुन्।
Comments
Post a Comment