
पाली सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’मा महिला पुग्न सक्ने बाटो मेजर सुलोचना पौडेलले खुलाएकी छन् । उनले सेनाको प्रशासनिक निकायको उपल्लो तहमा पुग्न सक्ने स्टाफ कलेजमा सफलता हात पारेकी छन् ।
नेपाली सेनामा अहिलेसम्म महिलाले नेतृत्व हात पारेका छैनन् । महिला सैनिकको भर्ती नै २०६१ सालदेखि लिन थालेको सेनामा भविष्यमा सुलोचनाले नेतृत्व लिनसक्ने सम्भावना बढेको छ ।अहिलेसम्म सेनामा रहेका महिलाले यो परिक्षामा भाग लिएका थिएनन् । सुलोचनाले पास हुन्छु भन्ने दृढताले नै भाग लिएकी थिइन् ।
उनले आफु सफल हुनुलाई एउटा विशाल मौकाका रूपमा लिएकी छन् । ‘एक त सेनामा जागिरे हुनु नै सपना साकार भएको ठानेकी थिएँ, स्टाफ कलेज पास गरिसकेपछि एउटा सुनौलो बाटो खुलेको छ’, उनी भन्छिन् ।
नेपाली सेनाको महिला भर्तीमा पहिलो ब्याच हुन् उनी । अहिले उनी कमान्ड एन्ड स्टाफ कोर्स पनि गरिरहेकी छन् । ‘बच्चै देखि मलाई आर्मीले परेड गरेको देख्दा रमाइलो लाग्थ्यो, म पनि आर्मी बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।
जब केटीहरूका लागि पनि अवसर खुल्यो अनि सपना सत्य भएको भान भयो’, उनी भन्छिन्,‘आर्मीको अनुशासन, दृढता र काम गर्ने शैलीले सानैदेखि लोभ्याएको थियो ।’
उनको व्याचमा ७० जना महिलाले भर्ती हुने मौका पाएका थिए । परिवारबाट सँधै सहयोग पाएकी उनी थप्छिन्,‘तालिम गर्दा बुवाआमादेखि अहिले सासुससुरासम्मले मलाई सहयोग गर्नु भएको छ ।’
महिलाका लागि उदाहरणीय बनेकी उनी ठान्छिन्,‘एउटी केटी मान्छे सफल हुनका लागि केहीले रोक्दैन । म केटी हो, सक्तिन भन्ने हिन भावना राख्न हुँदैन ।’
स्टाफ कलेज पास गरेपछि के हुन्छ ?
सैनिक जीवनमा स्टाफ कलेज भनेको युद्धकला पनि मानिन्छ । स्टाफ कलेज पास गर्ने व्यक्ति सेनाको नीतिनिर्माणका लागि योग्य ठानिन्छन् । यसले भविष्यका अन्य तालिमका लागि पनि ठूलो ढोका खोलेको मानिन्छ ।
खासगरी कमाण्डर बन्नका लागि स्टाफ कलेज पास गर्नैपर्छ । यसपछि कम्पनी कमाण्ड, ब्रिगेड कमाण्ड हुँदै पुरै संगठनको कमाण्डका लागि पनि यस्तो व्यक्ति योग्य हुने विश्वभरको सैन्य संगठनको नियम नै छ ।
एउटै कोर्षमा सुलोचना र परिचित दम्पती- सुलोचनालाई उक्त कोर्ष आफ्ना पति सेनानी परिचित देउजासँगै एकैसाथ सहभागी हुने अवसरसमेत जुटेको छ । परिचित नेपाली सेनाको ४५औँ समूहमा तथा सुलोचना ४६औँ समूहमा भर्ना भएका अधिकृत हुन ।
हामी दुवैले निकै मेहनत गरेर परीक्षा दिएकाले सफल भएका हौँ, निकै खुशी लागेको छ, यो कोर्षका लागि निकै ठूलो प्रतिस्पर्धा हुन्छ, यस पटकदेखि महिलाका लागि पनि ढोका खुल्ला भएको छ, सेनानी सुलोचनाले भन्छिन ।
दम्पति- पछिल्लो समय शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज विश्वका शक्तिशाली मुलुकका सेनाका लागि उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।
उक्त कलेजमा सञ्चालित २५औँ शृङ्खलाको कमाण्ड एण्ड स्टाफ कोर्षमा बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित नौ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजनासहित उक्त कोर्षमा ६२ प्रशिक्षार्थीको सहभागिता छ । सेनानी सुलोचना एक्ली महिला प्रशिक्षार्थी हुन् ।
बिबिसी नेपाली
Comments
Post a Comment