गोविन्दा सालीलाई भेट्दा मख्ख , अवार्डमा रोकीएन हाँसो साली भेनाको कुराले (हेर्नुहोस भिडियो सहित )



काठमाडौँ। बलिउड अभिनेता गोविन्दाले नेपाललाई धेरै मन पराउने बताएका छन्। उनले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभामा आयोजित एल.जी.सिने अवार्ड कार्यक्रममा आफ्नो मन्तव्य दिँदै यस्तो बताएका हुन्।

आफ्नो मन्तव्य दिईसकेपछि पनि पुनः पोडियममा आई गोविन्दाले नेपाली मै भने– ‘म नेपाललाई धेरै मन पराउँछु’। अवार्ड कार्यक्रममा उनले निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेका थिए।

एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई उक्त अवार्डबाट सम्मान गरेको हो। गोविन्दा तीन दिनको लागि हिजो शनिबार विहान छोरीसहित काठमाडौँ आएका थिए।



उनले आजै विहान पशुपतिनाथको दर्शन समेत गरेका थिए। गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने समेत कार्यक्रम रहेको छ।

हेर्नुहोस भिडियो :

Comments