काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब शनिवारदेखि २२ घण्टा खुला रहने भएको छ । अव विमानस्थल विहानको ३ बजेदेखि ५ बजेसम्मका लागि २ घण्टा मात्रै बन्द हुने भएको छ ।
विमानस्थलले आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि खुला गर्ने निर्णय गरेको छ । सरकारले जेठ देखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयमा अढाइ घण्टा थप्दै २१ घण्टा पु¥याएको थियो । आज सम्म बिहान ६ देखि राति ३ बजेसम्म खुल्ने विमानस्थल भोलि विहान वाट विहान ५ वजेनै खुल्ने भएको छ ।विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि सुचारु गर्न लागिएको छ । चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न सेवालाई ५ बजेदेखि सुचारु गर्न लागिएको हो ।
यसअघि बिहान ६ बजे विमानस्थल खुला हुन्थ्यो तर उडान साढे ६ बजेबाट सुरु हुन्थ्यो । अव विमानस्थल ५ बजे खुले पनि सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच गर्दागर्दै आन्तरिक उडान भने साढे ५ बजेदेखि मात्रै सुरु हुने छ । उडान एक घण्टा अघिवाटै सुरु भएपछि जहाजले ग्राउन्ड र आकाशमा भोग्नुपर्ने अत्यधिक होल्डको समय घट्ने अपेक्षा गरीएको छ ।
नागरिक उड्डयन प्राधिकरण र विमानस्थलले आन्तरिक उडानका लागि जाडोयाम (सेप्टेम्बर-अक्टोबर) को स्लट (उडान तालिका) बनाइसकेको छ । तालिकाअनुसार अब रात्रि उडान सुविधा भएका विराटनगर, सिमरा, धनगढी, भैरहवा, नेपालगन्जलगायत सुगम रुटका लागि हुने आन्तरिक उडान बेलुकी ८ बजेसम्म हुनेछ । दुई महिनाको समीक्षापछि ट्राफिक चाप, यात्रुको सुविधा, उडान सुरक्षा लगायतका विषयलाई टेवा पुग्ने गरी आन्तरिक उडानको अर्को स्लट जारी गरीने विमानस्थलले जनाएको छ ।
Comments
Post a Comment