काठमाडौं, २५ भदौं । धार्मिक मात्रै हैन शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत व्रत बस्नु लाभदायक मानिन्छ ।
कुनै बिशेष पर्व या परम्परा अनुसार मात्रै नभएर हरेक साता एक दिन व्रत बसेर पाचन प्रणालीलाई आराम दिँदा स्वास्थ्यलाई फाइदा पुग्ने जानकारहरुको बुझाई छ । तर भोकै बस्नु मात्र पक्कै पनि व्रत होईन् ।
यसमा पनि केहि विधि र प्रक्रिया हुन्छ । त्यसलाई ध्यान दिने हो भने व्रत फलदायी हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
व्रतमा के खाने ?
– व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी नै चाहिने हुदा अन्य दिनको तुलनामा व्रत बसेको दिन वढी मात्रामा पानी पिउने ।
– व्रत बसेको दिन शरीरलाई चाहिने केही तत्व कम हुने भएकाले सो दिन सकेसम्म शारिरिक श्रम नगर्ने ।
– शरीरमा उर्जा कायम राख्न कागती पानी खाँदा हुन्छ । त्यसमा मिश्री वा मह मिसाएर खाएमा अझ फलदायी हुन्छ ।
– फलफूल र जुस खानु राम्रो मानिन्छ ।
– व्रत बस्दा दुधमा बदाम भिजाएर खाए राम्रो मानिन्छ ।
व्रतमा के नखाने ?
– व्रतको समयमा चिल्लो–पिरोतीर ध्यान नदिएकै राम्रो ।
– आलु र मैदाको परिकार सकेसम्म कम खाएको राम्रो ।
– यसो भएमा व्रत नबसौं
– गर्भवती महिला व्रत नबसे राम्रो ।
– मधुमेह, उच्च रक्तचाप र हाइपरटेन्सन छ भने व्रत नबसेको राम्रो ।
– हालसालै अपरेसन गरेका व्यक्तिहरु पनि व्रत नबसे राम्रो ।
– मुटु, कलेजो, फोक्सो र मृगौलाको जटिल समस्या भएका व्यक्ति व्रत नवस्दा राम्रो हुन्छ । (शुक्रबार साप्ताहिकबाट)
Comments
Post a Comment