हत्या गरिएकी निर्मला पन्तको घर पुग्दा मन्त्रि बिनाको थामिएनन् आँशु (भिडियो सहित)



भीमदत्तनगर । आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध भए ।

मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुछ्न अघि सरेकि मन्त्री मगर आफै भावुक बनि आँशु थाम्न सकिएन ।

उनि सँगै निर्मलाका परिवार भेट्न पुगेका प्रतिनिधिसभा सदस्य नीरु पालका पनि आँखा रसाइरहेका थिए । प्रतिनिधिसभा सदस्य पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिईन ।

त्यसैगरी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि भीमदत्तनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको घर पुग्दा पनि मन्त्री मगरसहित सबै स्तब्ध देखिन्थे ।



मन्त्री बिना खुनाका घर पुग्दा शहीदका आमा मञ्जु खुनाले पनि आँशु बगाउन थालिन ।

गृह जिल्लामा भइरहेका बलात्कारलगायतका घटनाले आफू स्तब्ध भएको मन्त्री मगरले पत्रकारसित बताईन । निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै उन ले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाईन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताईन ।

Comments