
भारतीय अभिनेत्री स्वरा भास्करले दिएको अभिव्यत्तिले फेरी उनलाई एक पटक चर्चाको शिखरमा पु¥याएको छ । उनले एउटा भारतीय सञ्चार माध्यमसँग गरेको कुराकानीका कारण फेरी एक पटक चर्चाको शिखरमा पुगेकी हुन् । उनले सञ्चार माध्यममा महात्मा गान्धीको हत्याको बारेमा मुख खोलेकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनलले महात्मा गान्धीको हत्याको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै भारतीय जनता पार्टी तर्फ औंला देखाएकी छन् । स्वराले कुराकानीका क्रममा महात्मा गान्धीको हत्यालाई याद गर्दै भारतीय जनता पार्टीलाई निशाना लगाएकी हुन् ।
भारतमा महात्मा गान्धी जस्ता महान् व्यक्तिको हत्या भएकोमा दुख व्यक्त गर्दै उनले त्यस समयका केही यस्ता व्यक्तिहरुले गान्धीको हत्यामा खुशियाली मनाइरहेका आरोप लगाएकी हुन् । आज तिनै व्यक्तिहरु सत्तामा रहेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी तर्फ संकेत गरेकी हुन् । त्यस्ता व्यक्तिलाई जेल हाल्नुपर्नेमा जोड दिएकी उनले त्यो भने सम्भव नरहेको पनि स्पष्ट पारेकी छन् ।
स्वराले यसअघि पनि सामाजिक तथा राजनितिक मुद्दामा आफ्ना विचारहरु राख्दै आएकी छिन् । यही कारण उनले पटक पटक ट्रोलको सामना गर्दै आएकी छिन् । स्वराले केही समय अगाडि भारतीय सेनाको खिल्ली उडाउँदै भारतीय सैनिकलाई बवेकुफ भनेकी थिइन् । केही समय अगाडि ट्रोल भएकै कारण स्वरा भास्करले उनको ट्वीटर अकाउन्ट केही दिनसम्मको लागि डियाक्टीभेट गरिदिएकी थिइन् ।
Comments
Post a Comment