आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको भन्दै आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि गरिन आत्महत्या !


आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको भन्दै आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि गरिन आत्महत्या !


फेसबुकमा सुसाइड नोट’ लेखेर एक युवतीले कालीगण्डकी नदीमा हामफालेकी छिन् । म्याग्दी बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हामफालेकी हुन् । जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार सोनियाले सुसाइड नोट लेखेर बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडिबाट कालीगण्डकी नदीमा हाम फालेकी हुन् ।सोनियाले हाम फाल्नु अघि आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा फालेकी हुन्। सोनियाको अहिले खोजी कार्य भइरहेको छ । उनले आफ्नो सामाजिक सञ्जालमा आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको बताएकी छन्।सदरमुकाम बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा ११ मा अध्ययरत क्षत्री पर्वत जलजला गाउँपालिका २ बैरमा बस्दै आएकी थिईन् ।
आत्महत्या गर्नु अगाडी उनले सामाजिक सञ्जालमा ‘म मरेको हेर्न तिमीहरुलाई धेरै आतुर भएको होला, आज म तिमीहरु सबैको सपना पुरा गरिदिदै छु, बधाई छ, जो म खुसी भएको हेर्न नचाहनेहरुले तिमीहरुले जित्यो मैले हारे’ भन्दै पोष्ट गरेकी थिईन् । आफन्त वा साथीहरुसंग झगडा गरे जस्तै गरी सामाजिक सञ्जालमा लेखेकी क्षत्रीले आत्महत्या गर्नुको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न घटना अगाडी सोनियासंगै रहेका दुईजनालाई प्रहरीले सोझपुछ गरेको छ ।

Comments