दाङ – पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् ।दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर रोकामगरले विदेशबाट कमाएर ल्याएको पैसा संयुक्तरुपमा लगानी गरी जिल्लाकै ठूलो सुपरमार्केट सञ्चालन गरेका हुन् ।टिमार्टमा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, तरकारी, फलफूल, दूध, दही, मासु र तयारी नास्ताका परिकारसमेत पाइने सञ्चालक पूर्णबहादुर रोकामगरले बताउनुभयो । टि–मार्टमा थप १३ जनालाई रोजगारीसमेत दिएको उहाँले बताउनुभयो ।टि–मार्टको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले शनिबार उद्घाटन गर्नुभयो । वैदेशिक रोजगारीको कमाइ घरजग्गा खरीद तथा अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी धेरै रहेको भन्दै
भुसालले जिल्लामा सुपरमार्केट सञ्चालन हुनु घोराहीको व्यापारिक क्षमतामा वृद्धिको सङ्केत देखिएको छ भन्नुभयो । अहिले दाङमा रु २०÷२२ लाखदेखि दुई करोडसम्मको लगानीमा सुपरमार्केट सञ्चालनमा छन् । २०६७ सालमा घोराहीमा खुलेको जिल्लाकै पहिलो राप्ती सुपरमार्केट पछि ‘नुनदेखि सुन’ सम्म पाइने भएकै कारण सुपरमार्केटको लोकप्रियता बढ्दै छ ।
Comments
Post a Comment