
३१ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा बनेका सडक र राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएको पाइएको छ । अत्यधिक गतिमा गुड्ने सवारी साधनहरुले संरक्षित वन्यजन्तुहरुलाई ठक्कर दिएर मार्ने क्रम बढेको छ ।
जिल्ला वन क्षेत्रमा बनेका सडकमा अझै बढी वन्यजन्तुहरु मारिने र घाइते भएको पाइएको छ । गत वर्षमा मात्रै वन क्षेत्रका सडकमा २२ वटा वन्यजन्तु सवारी साधनको ठक्करबाट मारिए । पूर्वपश्चिम राजमार्गको टिकौलीको सडकमा चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै गाडीको ठक्करबाट दुईवटा मृग र एउटा बँदेलको मृत्यु भयो । आर्थिक वर्ष २०७४/७५ मा गाडीको ठक्करबाट जुगेडीदेखि लोथरसम्मको राजमार्गमा ३० वटा वन्यजन्तु मरेका छन् ।
Comments
Post a Comment